close

५ शिक्षक = १ विद्यार्थी

शिक्षकहरु दिनभरी घाम ताप्छन्

५ शिक्षक = १ विद्यार्थी

शिक्षकहरु दिनभरी घाम ताप्छन्

Trulli
ADVERTISEMENT

अर्घाखाँची । सन्धिखर्क नगरपालिका-३ बस्ने स्थानीय सोना सोमैले बिहान १० बजे छोरा काखमा च्यापेर विद्यालयमा लिएर आउछिन् 

बच्चा सानै भएकोले सोना आफैले स्कुलसम्म ल्याउने र छोरासँगै स्कुलमा खेल्ने अनि सँगै फर्किने गर्छिन् किनभने छोराको स्कुलमा खेल्ने साथी कोही छैन् । छन् ५ जना शिक्षक मात्र । शिक्षकसँग भन्दा आमासँगै छोरा घुलमिल हुने गरेकाले शिक्षकहरू कहिले स्कुलनै आउदैनन् भने आउँदा घाम तापेर फर्किन्छन् । 

सन्धिखर्क नगरपालिका-३ मा रहेको दुर्गा आधारभूत विद्यालयमा शिशु कक्षामा अध्ययन गर्ने सोनाका छोरा एक मात्र साढे २ वर्षीय विद्यार्थी हुन् । उक्त विद्यालयको शैक्षिक गुणस्तर खस्किन लागेपछि सबैले अन्यत्र विद्यालयमा छोराछोरी सारे पनि आफूले नसारेको सोना बताउँछिन् । 

‘कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयमा एक्लो विद्यार्थी हो मेरो छोरा,’ उनले भनिन् । विद्यालयको अवस्था खस्किँदै गएपछि करिब १०० जनाबाट १ जनामा झरेको उनी बताउँछिन् । पहिला १०० जना विद्यार्थी हुँदा खेल्ने ठाउँ हुँदैनथ्यो भने अहिले छोराको खेल्ने साथी छैन ।

विद्यालयमा तीन जना स्थायी, एक जना बालविकास र एक जना कार्यालय सहयोगी गरी ५ जना कार्यरत रहेको विद्यालयमा एक जना मात्र विद्यार्थीले मात्र पढिरहेका हुन् । उक्त विद्यार्थीलाई पनि बालविकास शिक्षिकाले अध्यापन गराउछिन् । कक्षा १ देखि ३ सम्म विद्यार्थी संख्या शून्य छ ।

उक्त विद्यालय आसपास बस्ती नै नभएर यस्तो भएको होइन । तर, विद्यालयको शैक्षिक स्तर खस्किएपछि नजिकैको विद्यालयमा पढाउन छाडेर अर्को विद्यालयमा आफ्ना छोरोछोरीलाई पढाउन थालेपछि दुर्गा आधारभूत विद्यालयको विद्यार्थी संख्या १ मा झरेको हो । विद्यालयमा विद्यार्थी नभएपछि बाल विकासको कोठाबाहेक अन्य कक्षा र शौचालयको ताला नखुलेको २ वर्ष भएको छ । 

अघिल्ला जनप्रतिनिधिहरूले राजनैतिक दाउँपेच देखाएर समस्या समाधान गर्न नसकेको भन्दै पहिलो आफ्नो काम शैक्षिक सुधारमा केन्द्रित रहने नवनिर्वाचित नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।