close

समृद्ध गोदावरी बनाउन विज्ञ समूह बनाइएको छ : नगरप्रमुख भट्ट (भिडियो रिपोर्ट)

समृद्ध गोदावरी बनाउन विज्ञ समूह बनाइएको छ : नगरप्रमुख भट्ट (भिडियो रिपोर्ट)

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवस्थित गोदावरी नगरपालिकालाई समेटेर सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा गरिसकिएको छ ।

गोदावरी नगरपालिकाले राजधानी निर्माणमा भन्दा पनि स्थानीयको न्यूनतम आवश्यकता पूरा गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ । 

कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवस्थित गोदावरी नगरपालिकालाई समेटेर सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा गरिसकिएको छ । हिन्दुहरूको पवित्र नदी गोदावरी बग्ने  भएकै कारण नगरपालिकाको नाम गोदावरी राखिएको हो । 

त्यसैले यो पालिका धार्मिक पर्यटकलाई आकर्षित गर्न सक्ने गन्तव्य पनि हो । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । 

साथै द्वापर युगमा भगवान् श्रीकृष्ण, भिष्मपितामहः तथा पाँच पाण्डव जस्ता तपस्वीहरूले समेत यस क्षेत्रको विचरण गरेर यसै पवित्र गोदावरी नदीमा स्नान गरेपछि ज्ञान हासिल गरेको विश्वास गरिन्छ । 

जसको सम्झना स्वरूप हरेक वर्षको मकर सक्रान्तिमा यहाँ विशेष मेला समेत लाग्ने गरेको छ । यस्ता कारण गर्दा यो नगरलाई धार्मिक पर्यटकको केन्द्र बनाउने योजनामा नगरपालिका छ । 

गोदावरी नगरपालिका कैलालीका वीरेन्द्र भट्ट, प्रमुखले नगरपालिका दीगो विकासको अवधारणाका साथ अघि बढेको बताए । 

आफू तत्कालीन आवश्यकता पूरा गर्न मात्रै नभई अहिलेको विकासले अबको डेढ दुई वर्षपछिको आवश्यकता पूरा गरोस् भन्ने पक्षमा आफू रहेको उनले बताए । 

गोदावरीलाई समृद्ध नगर बनाउन मेयर भट्टले विज्ञहरू सम्मिलित टोली बनाएर पञ्चवर्षीय योजना तयार पार्दैछन् । 

विदेश पलायन भइरहेका युवाहरूलाई कसरी देशभित्रै स्वरोजगार बनाउनेतर्फ पनि नगरले काम गरिरहेको छ । साथै यहाँका किसानको आर्थिक अवस्था कसरी माथि लैजाने सकिन्छ भन्ने विषयमा काम अघि बढाइको दाबी मेयर भट्टको छ । 

साथै, केही महिनाभित्रै अव्यवस्थित बसोबासको समस्या समाधान गर्न पहल गरिरहेको उनी बताउँछन् । 

सुदूरपश्चिममा स्थापना हुन लागेको गेटा मेडिकल कलेजमा प्रदेशका न्यून तथा मध्यम वर्गका विद्यार्थीले सहजरुपमा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने माग नगरपालिको छ । 

गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया बजारमा पूर्व पश्चिम राजमार्ग र यस प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भीमदत्त राजमार्ग जोडिएका छन् । 

त्यही कारण यो नगरपालिका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूको प्रवेशद्वार रुपमा समेत परिचित छ । स्थानीयको आर्थिक समृद्धिमा त्यसको फाइदा लिने प्रयासमा समेत गोदावरी नगरपालिका छ ।