close

भट्टेडाँडामा तयार भो कोरोना अस्पताल

भट्टेडाँडामा तयार भो कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

ललितपुर– दक्षिण ललितपुरको बागमती  गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण भएको छ ।


गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले अस्पतालको उद्घाटन गर्दै कोरोना महामारी कायम रहेको अवस्थामा  सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गर्दै पाँच शय्याको अस्पताल व्यवस्थापन गरेको बताए ।


अध्यक्ष लोप्चनले बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेको बताउँदै अस्पतलमा एक एमबिबिएस चिकित्सक र दुई स्टाफ नर्स रहने बताए ।


महाँकाल खोल्सामा अवस्थित कृषि सेवा भवनलाई स्तरोन्नति गरी कोरोना अस्थायी अस्पतालमा रुपान्तरण गरिएको हो ।  वागमतीकै वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ शय्याको गाउँपालिकास्तरीय अस्पताल भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा एक स्थानीय तह  एक अस्पतालको अवधारणाअनुरुप उक्त काम अघि बढाइएको हो ।


गाउँपालिकाका अनुसार  प्रदेशबाट प्राप्त सशर्त अनुदानबाट ५१ लाख  गाउँपालिकाले खर्च गर्न नसकेको र उक्त रकम समयमा फिर्तासमेत गर्न नसकेका कारण अस्पताल संचालनमा समस्या उत्पन्न भएको छ भने काम सक्दा पनि ठेकेदारले पनि उक्त रकम पाएका छैनन् ।


गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले दुई करोड तीन लाख २२ हजार रुपैयाँमा सम्झौता गरेको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए ।


गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकै रहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताएका छन् ।