close

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

Trulli
ADVERTISEMENT

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले थप अक्सिजन प्लान्ट स्थापनाको माग गरेको छ । अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्न संघ र प्रदेश सरकारसँग माग गरेको हो ।

 

अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन सपोर्टबाट उपचार गर्नुपर्ने कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न छाडेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामी डडेल्धुरा अस्पतालमा रिफर भएर आउन थालेपछि समस्या हुन थालेको हो ।

 

डडेल्धुरा अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिन्डर भर्ने क्षमता छ । यसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ । तर, अहिले २३ जनालाई अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ ।

 

अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पु¥याउने व्यवस्था गरेको छ । ‘एकदम छिटो सिलिन्डर भर्न सक्ने प्लान्ट आवश्यक परेको छ, जुन तत्काल व्यवस्था गर्न सम्भव छ,’ १ जना चिकित्सकले भने, ‘हामीसँग एउटा संस्थाले १४ दिनभित्र जडान गरिदिन्छौँ भने पनि आर्थिक अभाव छ । कसले सहयोग गर्ने भन्नेमा अलमलिएका छौँ ।’

 

अक्सिजन प्लान्ट जडान गर्न अक्सिजन उत्पादन गर्ने मुख्य मेसिन लगाउनुपर्ने हुन्छ । ४० एलपिएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने) क्षमताको मेसिन कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँमा ल्याइएको छ । 

 

२ स्थानीय तहमा बने आइसोलेसन 

 

डडेल्धुराको भागेश्वर गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि गाउँपालिकाले आफ्नै लगानीमा अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

 

गत वर्षदेखि निर्माण सुरु गरेको आइसोलेसन तयारी आवस्थामा रहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।  गाउँपालिकाभित्रका मात्रै नभई जिल्लाभरका जुनसुकै स्थानीय तहका कोरोना संक्रमितलाई समेत उपचार गर्ने उद्देश्यले सुविधासम्पन्न आइसोलेसन वार्ड निर्माण गरिएको उनले जानकारी दिइन् ।

 

गाउँपालिकाबाट निर्माण गरिएको आइसोलेसनमा रहेका २ कोठामा १० शय्या राखिएको छ भने बिरामीका लागि खाना पकाउन भान्सा र शौचालयका साथै चिकित्सक आवासका लागि छुट्टै कोठा निर्माण गरिएका छन् । महिला र पुरुष छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ ।

 

आलितालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आलिताल गाउँपालिकाले पनि अक्सिजनसहितकोे आइसोलेसन वार्ड निर्माण थालेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए । उनका अनुसार अब केही दिनभित्रै आइसोलेसन तयार हुनेछ ।