close

सिस्नेका गर्भवती आमालाई सित्तैमा कुखुरा

सिस्नेका गर्भवती आमालाई सित्तैमा कुखुरा

Trulli
ADVERTISEMENT

 

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ का गर्भवती महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ । वडा नम्बर ६ को कार्यालय छिप्रिदहमा वडाभित्र बसोबास गरिरहेका १५ जना गर्भवती महिलालाई १५ वटाका दरमा निःशुल्क कुखुरा वितरण गरिएको हो । 

 

पालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १५ जना गर्भवती महिलालाई गाउँपालिका अध्यक्ष कुमारी बरालले कुखुरा वितरण गरिन् ।
वडाभित्र बसोबास गर्दै भएका र नियमित गर्भ चेकजाँच गरिहेका गर्भवती महिलालाई कुखुरा वितरण गरिएको वडाध्यक्ष सुधन रेग्मीले
बताए । 

 

वडाभित्र हाल ५२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गराइरहेका छन् । गर्भ नियमित चेक गराइरहेका गर्भवती महिलालाई मात्र कुखुरा दिइने वडाध्यक्ष रेग्मीको भनाइ छ ।

 

यसले गर्दा गर्भ नियमित चेकजाँच गर्ने बानीको विकास हुने अपेक्षा गरिएको उनले बताए । ५२ मध्ये ३७ जना गर्भवती महिलालाई १५ वटाका दरमै कुखुरा वितरण हुन बाँकी रहेको वडाले जनाएको छ । 

 

शनिबार छिप्रिदह आसपासका गर्भवतीलाई कुखुरा वितरण गरिएकामा अब वडाको खोपीचार, पाखागाउँ, दकलबारा र आला टोलमा वितरण गर्न बाँकी छ । हाल गर्भवती महिलालाई दिइएको खुकुराबाट सुत्केरी हुँदा अन्डा र मासुमा उपयोग गर्न सकिनेछ । प्रतिगर्भवती महिलालाई १५ वटाका दरमा कुखुरा दिइएकाले सुत्केरी अवस्थामा अन्डा र मासुको पर्याप्त मात्रामा पुग्ने वडाले जनाएको छ ।