close

हुम्ला अस्पतालमा नयाँ अक्सिजन कन्सन्ट्रेटर जडान गरिँदै

हुम्ला अस्पतालमा नयाँ अक्सिजन कन्सन्ट्रेटर जडान गरिँदै

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सीमकोट गाउँपालिकामा अवस्थित स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोनाबाट संक्रमित बिरामीको उपचारलाई ध्यानमा राखी ८ वटा नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ ।


जिल्लामा दैनिक संक्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना संक्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर ल्याइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।


यसअघि जिल्ला अस्पतालमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड-१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सकिने जिल्ला अस्पतालका चिकित्सक डा. टासीआङ्जु लामाले जानकारी दिए ।

 

अस्पतालमा १२ जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता छ ।

 

२५ जेठसम्म थपियो निषेधाज्ञा


हुम्लामा निषेधाज्ञा पुनः थपिएको छ । हुम्लामा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढेपछि निषेधाज्ञा थपेर २५ जेठसम्म लम्ब्याइएको हो ।


तेस्रो पटक लगाइएको निषेधाज्ञा राती १२ बजेबाट सकिने भएपछि जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले १० दिनसम्मक थप्ने निर्णय गरेको हो । 


डिसिसिएमसीको बैठकले जिल्लामा कोरोना संक्रमित हुनेको संख्या उल्लेख्य रहेका कारण निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।


७ गाउँपालिका रहेको हुम्लामा सदरमुकाम सीमकोट गाउँपालिकासहित ६ पालिकामा कोरोरा संक्रमण तीव्र गतिमा फैलिएको छ ।


कोरोना संक्रमणको ग्रीन जोन रहेको हुम्ला नेपालगञ्ज र सुर्खेतबाट गत १९ वैशाखमा भित्रिएका ८ यात्रुमा संक्रमण देखिएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

 

हुम्लामा हालसम्म १४३ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ९४ छ ।