close

बर्दिवासद्वारा घर–घरमा स्वास्थ्यकर्मी परिचालन (भिडियो खबर)

बर्दिवासद्वारा घर–घरमा स्वास्थ्यकर्मी परिचालन (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- कोरोना महामारी कै कारण मुलुक आक्रान्त बनिरहेको बेला देशैभरीका स्थानीय सरकारले आ–आफ्नै तदारुकता देखाएका छन् । अझ जनप्रतिनिधिले आफ्नै खर्चमा स्वास्थ्य सामग्रीको व्यवस्थापन देखि आफू चढने गाडीलाई समेत एम्बुलेन्स बनाएको निक्कै सकारात्मक खबर आइरहेका छन् ।

 

कोरोना संक्रमणसँग जुधिरहेका र संक्रमण कै कारण ज्यान गुमाएका परिवारजनप्रति टोल-टोलमा नै पुगेर जनप्रतिनिधिले देखाएको नैतिक, भौतिक सदभाव र अनुकरणीय बन्दै गएको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा पनि जनप्रतिनिधिहरुले देखाएको तदारुकताको सर्वत्र चर्चा हुन थालेको छ । 

 

महोत्तरीमा पिसिआर मेसिनको व्यवस्थापन देखि जिल्ला मै पहिलो इमरजेन्सी कोभिड अस्पतालको स्थपनामा बर्दिवास नगरपालिका निक्कै अगाडि छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी बर्दिवास नगरपालिकाले बनाएका संयन्त्र मध्ये घर-घरमा स्वास्थ्यकर्मीको परिचालनलाई निक्कै नै सकारात्मक ढङ्गले चर्चा परिचर्चा हुन थालेको छ ।

 

गाउँभरी कोरोनासग मिल्दोजुल्दो लक्षण देखिएको र स्थानीयले त्यसलाई लुकाएर हिडिरहेको जनगुनासो तीव्र रूपमा बढीरहेको बेला स्वास्थ्यकर्मीलाई घर-घरमा नै परिचालन गरी चेकजाँच गर्ने गरेको छ ।

 

स्वास्थ्यकर्मीले गाउँ-गाउँमा पुगेर संक्रमितको अवस्था, सर्वसाधारणको स्वास्थ्य अवस्था र प्रत्यक्ष रूपमा ज्वरो नापेर त्यसको तथ्याङ्क संकलन गरेर नगरपालिकालाई बुझाउने गरेका छन् । नगरपालिकाले आवश्यक परे तत्काल स्वास्थ्यकर्मी खटाइ घर–घरमा नै पुगेर स्वाव संकलन गर्ने ब्यवस्था मिलाएको छ ।

 

स्वास्थ्यकर्मीहरुले टोल–टोलमा पुगेर संक्रमितलाई आवश्यक औषधि प्रदान गर्नेदेखि ज्वरो आएका बिरामीको तथ्याङ्क संकलन तथा जनचेतना जगाउने काममा ब्यस्त छन् । घर-घरमा पसेर जनचेतना दिने देखि संक्रमितको अवस्थाबारे जानकारी लिनु र सम्भावित बिरामीको ज्वरो नाप्ने जस्ता कार्य स्वयमका लागी निक्कै जोखिम हुदाहुदै पनि पेशागत जिम्मेवारी निर्वाह गर्न पाउँदा स्वास्थ्यकर्मी खुसी छन् । 

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागी संघ–संस्थाले पनि सक्रिय भूमिका निर्वाह गरेका छन् । कोरोना रोकथाम तथा समस्यामा परेकाको सहयोग गर्न नागरिकले नै कोभिड व्यवस्थापन समिति देखि फुड बैंकको स्थापना गरेर समस्यामा परेका ब्यक्तीलाई सहयोग गर्दै आएका छन् । 

 

अहिले वडा-वडाबाट नागरिकहरु  कोरोना फैलन नदिन आफैँ सजग बन्दै आएका छन् । बर्दिवासमा कोरोनाले हालसम्म ४ जनाको ज्यान गएको छ ।