close

कर्मचारी संक्रमित भएपछि दैलेख प्रशासनको नियमित सेवा बन्द

कर्मचारी संक्रमित भएपछि दैलेख प्रशासनको नियमित सेवा बन्द

Trulli
ADVERTISEMENT

जुम्ला– जिल्ला प्रशासन कार्यालय दैलेखका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनसम्मका लागि नियमित सेवा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आइतबार सूचना प्रकाशित गरी सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै १७ देखि २१ माघसम्म नियमित सेवा रोकिने जानकारी दिएका हुन् ।

 

विपद् व्यवस्थापन, शान्ति–सुरक्षा र मुद्दाका काम भने नरोकिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालय दैलेखका २१ कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको र सबैजसो कर्मचारीलाई लक्षण देखिएका कारण ५ दिनसम्म कार्यालयबाट दिइने नियमित सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

 


यसअघि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि १४ माघदेखि १ साताका लागि राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखाले सबै सेवा बन्द गरेको गरेको छ । बैंकले राजस्व तिर्न वैकल्पिक व्यवस्था गर्न सकिने जनाएको छ ।

 

 

जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीका अनुसार अहिले दैलेखमा सक्रिय संक्रमित १३० छन् । उनले भने, ‘तेस्रो चरणको कोरोना संक्रमण फैलिएदेखि जिल्लामा ३ हजार ७३७ जनामा संक्रमण पुष्टि भएको छ ।’