close

बाँकेमा लगाइँदै लक्षित समूहका बालबालिकालाई खोप 

बाँकेमा लगाइँदै लक्षित समूहका बालबालिकालाई खोप 

Trulli
ADVERTISEMENT

बाँके–बाँकेमा बुधबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गत २९ पुसदेखि बाँकेका विद्यालय बन्द छन् ।


 
लक्षित समूहका बालबालिकालाई खोप लगाउन बुधबार र बिहीबार दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


 
खोप अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे । नेपालगञ्जस्थित धम्बोजी उच्च माविमा खोप अभियान उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारीले लक्षित समूहलाई खोप लगाउन आह्वान गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायत उपस्थित थिए ।

 

उनका अनुसार जिल्लाका ८ वटै पालिकामा बिहीबारसम्म कोरोनाविरुद्धको मोर्डना खोप लगाउने कार्यक्रम छ । करिब २४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने श्रेष्ठले बताए ।