close

रेसुंगाको वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

रेसुंगाको वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

Trulli
ADVERTISEMENT

गुल्मी–गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

नगरप्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरे । स्वास्थ्य केन्द्रमा नगरप्रमुख भुसाललगायत अन्य सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए ।