close

मधेस प्रदेशमा घुम्ती खोप केन्द्रमार्फत लगाइँदै खोप

मधेस प्रदेशमा घुम्ती खोप केन्द्रमार्फत लगाइँदै खोप

Trulli
ADVERTISEMENT

जनकपुरधाम– मधेस प्रदेशका चार जिल्लामा कोरोना भाइरसविरुद्ध घुम्ती खोप सेवा कार्यक्रम सुरु भएको छ । अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा घुम्ती खोप सेवाको प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले सुरु गरे ।

 


खोप नलगाएका गर्भवती, सुत्केरी, अशक्त अपांगता, ज्येष्ठ नागरिक तथा रोगी व्यक्तिलाई घरमै स्टार्फ नर्ससहितको टोलीले खोप लगाउने आड्राका कार्यक्रम प्रबन्धक पंकज भट्टराईले जानकारी दिए ।

 

उनका अनुसार बागमती सेवा समाजबाट परिचालित स्टाफ नर्सको समन्वयमा खोपबाट वञ्चित वर्गलाई स्थानीय सरकारी कर्मचारीले घरदैलोमा गएर खोप लगाउनेछन् ।


‘मधेसमा अझै ३७ प्रतिशतले खोप लगाएका छैनन् । गर्भवती, रोगी र वृद्धलाई खोप केन्द्रसम्म पुगेर खोप लगाउने अवस्था छैन । त्यसैले घुम्ती सेवा सुरु गरेका हौँ,’ उनले भने, ‘सुरुआती चरणमा चार महिनाका लागि यो कार्यक्रम सुरु गरेका छौँ । ३० हजारलाई खोप लगाउने लक्ष्य छ ।’ भ्याक्सिनेसन कम भएको अवस्थामा आड्राले गरेको सहयोग महत्त्वपूर्ण रहेको सामाजिक विकासमन्त्री साहले बताए ।