close

नमोबुद्ध नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण

नमोबुद्ध नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्लामा साढे चार महिनापछि संक्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । 

“काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ” कार्यालयप्रमुख डा. पुरुषोत्तम सेडाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच संक्रमितको अवस्था सामान्य छ । 

जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको संक्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । संक्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् ।