close

बुटवल उपमहानगर बन्यो पहिलो कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित पालिका

बुटवल उपमहानगर बन्यो पहिलो कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित पालिका

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिका नेपालकै पहिलो १२ वर्षभन्दामाथि कोभिड-१९ विरुद्ध पूर्णखोप सुनिश्चित उपमहानगर बनेको छ ।

सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आथित्य, स्वास्थ्यमन्त्री इन्द्रजीत थारुको विशिष्ट आथित्य र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

बुटवल उमपहानगरपालिकामा १ लाख ९५ हजार ५६५ जनसंख्या रहेकोमा १२ वर्ष माथिका संख्या १ लाख ३४ हजार ७३० छन् । जसमध्ये १ लाख ५७ हजार २९३ जनाले पूर्ण मात्रामा खोप लगाएको उपमहानगरले जनाएको छ । खोप लगाएकामध्ये २२ हजार ६६३ जना बुटवल उमपहानगरभन्दा बाहिरका नागरिक हुन् ।

यस्तै ५ वर्षभन्दा माथिका बालबालिकालाई पहिलो मात्रालगाई सकिएको र दोस्रो मात्रा लगाउने पक्रियामा रहेको उपहानगर प्रमुख खेलराज पाण्डेयले बताए । उपमहानगरले हाल १२ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्दै आएको छ ।