close

पौवादुङमामा कुपोषणमुक्त अभियान

पौवादुङमामा कुपोषणमुक्त अभियान

Trulli
ADVERTISEMENT

काठमाडौं । पौवादुङमा गाउँपालिकाले कुपोषणमुक्त अभियान थालेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विशेष कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपानलगायत विषयमा तथ्याङ्क राख्ने र उनीहरूमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ । 

बच्चाको स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिएर तथ्याङ्क राख्न आवश्यक उपकरण वितरण गर्ने गाउँपालिकाले जनाएको छ । 

आमाले राखेको तथ्याङ्कका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिँदै बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषण लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए । 

उपाध्यायले गर्भाधान भएसँगै पालिकाले पटक–पटक गर्भाधान परीक्षण गर्ने, २४ हप्ताभित्र भिडियो एक्सरे परीक्षण, हेमोग्लोविन प्रोटिन, सुगरलगायत परीक्षण गर्ने गरेको बताए । 

यस्तै, बच्चाको जन्म भएपछि ६ महिनासम्म बच्चालाई पूर्ण स्तनपान गराउन आमालाई प्रेरित गर्ने र स्वास्थ्यकर्मीले अनुगमन गर्ने र थप खानाबारे आमालाई जानकारी गराइने बताए । 

‘बच्चा जन्मिएपछि बच्चाको स्वास्थ्य परीक्षणबारे आमालाई प्रशिक्षण दिएर बच्चाको वेट मेसिन र एमयूएसी दिइन्छ,’ उनले पालिका खबरसँग भने, ‘जसले बच्चा कुपोषणमा जान्छ वा जाँदैन भनी परीक्षण गर्छ ।’

६ महिना पूरा भएपछि दुई वर्षसम्म बालभिटाको व्यवस्था गरिएको बताउँदै उनले २ वर्षमा बच्चालाई आठ महिना बालबिटा खुवाइने उनले बताए । 

‘यति गर्दा पनि बच्चा कुपोषणतिर गयो ओटिसीमा लगी हेरिन्छ । थप मुटुलगायत गम्भीर रोग देखिएमा उपचारका लागि घोपालगायत अस्पताल लगेर उपचार गराइन्छ,’ उनले भने, ‘ २ वर्षसम्म बच्चाको दिमाग ८० प्रतिशत वृद्धि गर्न लागि पाछौँ ।’

प्रदेश–१ को सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रम हो । गत वर्ष नै आमा राजनीतिक दल, सामाजिक अगुवा र आमा, महिला समूहलाई ओरिन्टेसन गरी सुरुवात भएको गरिएको थियो । 

साथै, कुपोषण भएका ११ जान पहिचान गरिएको थियो । जसमध्ये अहिले तीन जनामा सुधार भइसकेको छ । हाल पालिकाको ६ वार्डमा सञ्चालनरत रहेको बताउँदै उनले वेट मेसिन खरिद प्रक्रिया सुरु भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । 

पहेँलाले कुपोषणको सुरुवाती चरण, रातोले कुपोषण भएको अवस्था र हरियोले नर्मल अवस्थालाई जनाउने उनले बताए ।

सुकेनाश भएका बालकको हिप(पुट्ठा)को मासु चाउरिने र अनुहार बाँदरको जस्तो देखिने अधिकारीले जानकारी दिए । यस अवस्थामा थप झाडापखलालगायत रोग लाग्नसक्ने उनको भनाइ छ ।