close

५६४ जना कोरोना संक्रमित थप, एक जनाको मृत्यु

५६४ जना कोरोना संक्रमित थप, एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको पीसीआर गर्दा ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।