close

धनगढी-७ मा सम्पन्न घुम्ती क्लिनिकबाट २६३ ले लिए सेवा

धनगढी-७ मा सम्पन्न घुम्ती क्लिनिकबाट २६३ ले लिए सेवा

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाद्वारा संचालित विशेषज्ञस्तरीय वडा क्लिनिक बुधबार वडा नम्बर ७ मा सम्पन्न भएको छ । 

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार वडा नम्बर ७ बेली सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा बुधबार सम्पन्न क्लिनिकबाट २६३ जनाले सेवा लिएका हुन् । 

मेयर हमालका अनुसार जनरल फिजिसियनबाट सेवा लिने संख्या २००,प्रसूति रोग विशेषज्ञबाट ६३ जना,  प्रयोगशाला सेवा लिने ४८ जना, अल्ट्रासाउन्ड, ७ जना, इसिजीमा ६ जना र गर्भवती महिलाको संख्या ७ जना छन् ।

महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन सेवाअन्तर्गत बुधबार वडा नम्बर ७ मा सम्पन्न भएको हो । उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा चालु आर्थिक वर्षको पहिलो दिनदेखि नगर प्रमुख हमालले सुरु गरेका हुन् ।  

आफ्नो कार्यकालको पाँच वर्ष निरन्तर यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालनमा रहने मेयर हमालले पालिका खबरलाई बताए ।