close

कोरोनाका कारण थप दुईको मृत्यु

कोरोनाका कारण थप दुईको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप दुई जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको हो। 

यस्तै, पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ५४१ जनाको पीसीआर गर्दा ५२४ तथा एन्टिजेन विधिबाट १८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २३६ पुगेको छ ।