close

उपचारमा लापरवाही गरेको आरोपमा थुनिए १२ चिकित्सक

उपचारमा लापरवाही गरेको आरोपमा थुनिए १२ चिकित्सक

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी अस्पतालभित्रै थुनिएका छन् ।

भरतपुर महानगरपालिका- १५ का एक बालकको उपचारमा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनेका हुन् । 

उपचारमा संलग्न चिकित्सक तथा नर्सको लापरवाहीका कारण बालकको मृत्यु भएको पीडीत पक्षको आरोप छ । 

शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पताल लगिएका बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।