close

दक्षिण कोरियामा एकैदिन ८५ हजार कोरोना सङ्क्रमित थप

दक्षिण कोरियामा एकैदिन ८५ हजार कोरोना सङ्क्रमित थप

Trulli
ADVERTISEMENT

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधिमा ८५ हजार ३२० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

यसैसँगै  यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५१७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ  । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । 

नयाँ केसहरूमध्ये ४३९ जना आयातित रहेको जनाइएको छ  । यद्यपी ४३ हजार ५३८ जना कोरोना मुक्त भएका छन् । 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ ।  यस अवधिमा थप ३५ जनाको मृत्यु भएपछि  मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार ९९२ पुगेको छ ।