close

वीरगञ्ज महानगर–१० का  बिरामीलाई रगत निःशुल्क

वीरगञ्ज महानगर–१० का  बिरामीलाई रगत निःशुल्क

Trulli
ADVERTISEMENT

पर्सा । वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । 

बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ । 

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाअध्यक्ष साह कानुले बताए  । उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा तीन लाख बजेट छुट्याएको छ । वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गरे । 

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।