close

आज थप एक जनाको मृत्यु, ६२० कोरोना संक्रमित थप

आज थप एक जनाको मृत्यु, ६२० कोरोना संक्रमित थप

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ८४६ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर गर्दा ४९६ र एन्टीजेन विधिबाट ३ हजार १९५ जनाको परीक्षण गर्दा १२४ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै,  मन्त्रालयले कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ । 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ५६७ रहेको छ ।