close

रेविजविरुद्ध खोप लगाउन गोदावरीको अनुरोध

रेविजविरुद्ध खोप लगाउन गोदावरीको अनुरोध

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले रेविज विरुद्ध खोप लगाउनका लागि नगरबासीसमक्ष अनुरोध गरेको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको टोकाइबाट लाग्ने रेबिजबाट बच्नका लागि सो खोप लगाउन अनुरोध गरेको हो । 

सूचनाअनुसार रेविजविरुद्ध नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य सेवा विभागबाट आवश्यक भ्याक्सिन उपलब्ध भएको हो । 

सो खोप नगरभित्रका बज्रवाराही,चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यकेन्द्र र लेले प्राथमिक स्वास्थ्यकेन्द्रबाट उक्त भ्याक्सिन लगाइने नगरपालिकाले जनाएको छ । 

सो रोग दुई मात्रामा तीन पटक एक हप्तामा दिइने पालिकाले जनाएको छ ।