close

लिखुमा निःशुल्क योग शिविर

लिखुमा निःशुल्क योग शिविर

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा। लिखु गाउँपालिकामा योग शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै वैशाख १० देखि १६ गतेसम्म योग शिविर सञ्चालन गर्न लागेको हो। 

गाउँपालिकाको अनुसार आयुर्वेद ईकाइबाट एकहप्ते निशुल्क योग शिविर सञ्चालन गर्न लागिएको हो। लिखु गाउँपालिकाको कार्यलयको प्राङ्गणमा बिहान ७ देखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन हुने छ । शिविरमा सहभागी भइ स्वास्थ्य लाभ लिन पालिकाबासिलाई गाउँपालिकाले अनुरोध गरेको छ ।