close

हजार दिने आमा र बालबालिकाको लागि पोषण सुधार कार्यक्रम

हजार दिने आमा र बालबालिकाको लागि पोषण सुधार कार्यक्रम

Trulli
ADVERTISEMENT

दैलेख । भैरवी गाउँपालिकाले पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुपा गाउँपालिकाले सो कार्यक्रममा सञ्चालन गर्न लागेको हो । बहुक्षेत्रीय पोषण योजनाको विपन्न अवस्थाको १००० दिने आमा तथा बालबालिकाको पोषण सुधारको अनुदानमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने महिला समूहले बैशाख १८ गतेभित्र आवश्यक कागजासहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । कार्यक्रमले २५ जना महिलालाई समेट्नु पर्ने भएकोले सो संख्या भएको समूहले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।