close

पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका

पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी- सुनवल र बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिकाका भएका छन् । जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्याङ्कका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन् ।

बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको छ ।  बर्दघाट नगरप्रमुख श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए ।  नगर मातहतका स्वास्थ्य संस्थामा सेवा विस्तार गर्दै लगिने उनले जानकारी दिए।

सुनवल  नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले ‘बार्थिड सेन्टर’ स्थापना गरेको र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको बताइन् । तेह्रवटै वडाबाट आधारभूत स्वास्थ्य सस्थबाट गर्भवतीलाई गर्भावस्थादेखि नै जाँचमा विशेष सहयोग गर्दै आएको उनले बताइन् ।