close

छाला रोगबारे सुस्तामा घरदैलो शिविर

छाला रोगबारे सुस्तामा घरदैलो शिविर

Trulli
ADVERTISEMENT

नवलपरासी - सुस्ता गाउँपालिकाले छाला सम्बन्धि रोगबारे शिविर सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले कुष्टरोग, क्षयरोग तथा विभिन्न छालासम्बन्धि रोगबारे शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा अधिकृत निर्मला कुश्वाहाका अनुसार पालिका क्षेत्रमा सो रोग धेरै फैलिएकोले निवारणका लागि शिविर सञ्चालन गर्दै आएको हो । उनका अनुसार सो रोग निवारणको लागि गाउँपालिकाले चिकित्सकसहित घरघरमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको पालिकाखबरलाई जानकारी दिइन् । 

रोगबारे पहिचान गरी डाक्टर र नर्ससहितको टोली घरघरमा जाने, आवश्यक उपचार तथा परामर्श गर्ने उनले बताइन् । उनका अनुसार सो रोगबारे पालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुँदै आएको छ । 

गाउँपालिका क्षेत्रमा जनचेतनाको कमी तथा समयमा उपचार नगर्ने प्रवृत्तिले सो रोग संक्रमितको संख्या बढेको उनले सुनाइन् । सो रोग निवारणको लागि गाउँपालिकाले विगतका वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।