close

गाउँसभा नभएपछि रुपनीको स्वास्थ्य सेवा ठप्प

गाउँसभा नभएपछि रुपनीको स्वास्थ्य सेवा ठप्प

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकामा पछिल्लो दुई महिनायता स्वास्थ्य सेवा प्रभावित भएको छ । गाउँपालिकामा गाउँसभा नभएपछि स्वास्थ्य क्षेत्र प्रभावित भएको हो । 

गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवका अनुसार स्वास्थ्य क्षेत्रका लागि आवश्यक औषधि तथा सामग्री खरिद गर्न पाएको छैन । तर स्वास्थ्य संस्थाले स्थानीय बासिन्दालाई उपचार गर्दै आएको उनले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार गाउँपालिकासँग भएको स्टक सामग्रीमार्फत सेवा सञ्चालन भइरहेको छ । गाउँसभा नभएकाले कर्मचारी तथा स्वास्थ्य स्वयम्सेविकालाई आवश्यक तालिम सञ्चालन गर्न नसकेको उनले बताए । 

गाउँसभा नभएपछि कर्मचारीले दुई महिनादेखि पारिश्रमिक समेत नपाएको उनले बताए । संघ तथा प्रदेश सरकारले प्रदान गर्दै आएको खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । पालिकाको खाता सञ्चालन नआएसम्म अन्य कुनै काम नहुने उनको भनाइ छ ।