close

रामपुर नगरपालिकाका २ स्वास्थ्य चाौकीलाई एम्बुलेन्स

रामपुर नगरपालिकाका २ स्वास्थ्य चाौकीलाई एम्बुलेन्स

Trulli
ADVERTISEMENT

पाल्पा- रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । 

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक/एक वटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाभित्रका  कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो । 

नगरपालिकाले आफ्नो नीति तथा  कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्य कार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ ।