close

औषधिको दररेट पेश गर्न लालीगुराँसको उर्दी

औषधिको दररेट पेश गर्न लालीगुराँसको उर्दी

Trulli
ADVERTISEMENT

तेह्रथुम– लालीगुँरास नगरपालिकाले औषधिको दररेट उपलब्ध गराउन औषधि व्यवसायीलाई अनुरोध गरेको छ ।  नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरभित्रका औषधि आपूर्तिकतालाई ३ दिनभित्रमा औषधिको दररेट उपलब्ध गराउन अनुरोध गरेको हो । 

सूचनाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सोही क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुबाट नगरबासीलाई ९८ प्रकारका औषधिहरुको लागत अनुमान तयारी गर्ने प्रयोगमा रहेका औषधिको प्रति इकाई मूल्य कार्यालयलाई आवश्यक परेकोले सो अनुरोध गरेको हो । 

इच्छुक औषधीकर्ता तथा व्यवसायीले मंगलबारभित्र  नगर कार्यालयको कार्यालयमा वा नगरपालिको इमेलमा औषधिको दररेट उपलब्ध गराउन सक्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले पालिकाखबरलाई जानकारी दिए ।