close

पाँच दिनपछि खुल्याे लेटाङका निजी स्वास्थ्य संस्था

पाँच दिनपछि खुल्याे लेटाङका निजी स्वास्थ्य संस्था

Trulli
ADVERTISEMENT

मोरङ– सोमबारदेखि लेटाङ नगरपालिकाका निजी स्वास्थ्य संस्था र मेडिकलहरु सञ्चालनमा आएका छन् । आइतबार निजी स्वास्थ्य संस्था तथा मेडिकल व्यवसायीहरुसँग लेटाङ नगरपालिकाको छलफलपछि स्वास्थ्यसंस्था सञ्चालनमा आएका हुन् ।

उक्त छलफलमा लेटाङ नगरपालिकाको नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष साथै प्राइभेट स्वास्थ्य संस्था तथा मेडिकल संचालकहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएकाे छ ।

छलफलमा नगरप्रमुख भुपेन्द्र कुमार लावतीले स्वास्थ्य क्षेत्रको गम्भिरता बुझेर तत्काल बन्द फिर्ता लिन तथा सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गरे ।  निजी स्वास्थ्य संस्था तथा मेडिकलहरूले आफ्नो समस्या देखाउँदै सोमबारबाट बन्द फिर्ता लिई सेवा प्रवाह गर्ने जनाएका थिए । 

पालिकाको एउटा क्लिनिकमा उपचार गरेको बिरामीको मृत्यु भएपछि लेटाङको निजी स्वास्थ्य संस्था तथा मेडिकल विवादमा आएको नगरपालिकाका प्रमुख लावतीले बताए । ‘पालिकाभित्रको एउटा क्लिनिकमा स्वास्थ्य जाँचमा गर्न एकजना बिरामी गएका गए । क्लिनिकले बिरामीलाई विराटनगर रिफर गरेको थियो । विरामीको विराटनगरमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिकको लापरबाहीको कारणले बिरामीको मृत्यु भयो भन्दै मृतकको परिवारले छानबिनको माग गर्यो,’ उनले पालिकाखबरसँग बताए । 

मृतकको परिवारको मागसँगै निजी स्वास्थ्य संस्थाले विरोध गर्दै क्षतिपूर्ती दिन नसक्ने भन्दै स्वास्थ्य सेवा बन्द गरेका थिए । नगरप्रमुख लावतीले भने, ‘हरेक कुरामा हामी मुछिनुपर्ने, पेलिनुपर्ने, जनतालाई पैसा तिर्नुपर्ने? हामी सक्दैनौँ भन्दै निजी स्वास्थ्य संस्थाले न्यायको माग गरेका थिए ।’

घटनालाई न्यायिक तरिकाबाट अदातली छानबिन गर्ने निर्णयसँगै उक्त विवाद मिलेर स्वास्थ्य संस्था सोमबारदेखि सञ्चालनमा आएको उनले बताए । निजी स्वास्थ्य संस्था पाँचदिनको लागि बन्द भएका थिए ।