close

अखाद्य वस्तु नष्ट गर्दै परिवर्तन गाउँपालिका

अखाद्य वस्तु नष्ट गर्दै परिवर्तन गाउँपालिका

Trulli
ADVERTISEMENT

रोल्पा - परिवर्तन गाउँपालिकाले गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ । गाउँपालिकाले बजार अनुगमनको क्रममा अखाद्य सामग्री वितरण गर्ने व्यवसायीलाई कारबाही गर्दै आएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमनकी संयोजक कलादेवी खत्रेनीका अनुसार पालिकाले ३/३ महिनाको अन्तरालमा बजार अनुगमन गर्दै आएको छ । अनुगमनमा आफूसँगै स्वास्थ्य शाखाका कर्मचारी, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली जाने गरेको उनले पालिकाखबरलाई सुनाइन् । 

गुणस्तरहीन सामग्रीलाई जफत गरी खाल्डोमा पुरेर वा जलाएर नष्ट गर्ने उनले बताइन् । बजार अनुगमनमा कुहिएका, म्याद नाघेका तथा किरा लागेका सामग्री वितरण हुने गरेको पाइएको उनको भनाइ छ । 

स्थानीय बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखी आफूहरुले बजार अनुगमन गर्दै आएको उनले सुनाइन् ।