close

पालिकामा अस्पताल नहुँदा उपचारको लागि जिल्ला पुग्न बाध्य

पालिकामा अस्पताल नहुँदा उपचारको लागि जिल्ला पुग्न बाध्य

Trulli
ADVERTISEMENT

सल्यान– सरकारले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा गरे पनि त्रिवेणी गाउँपालिकाका स्थानीय जिल्ला अस्पताल जान बाध्य छन् । पालिकामा गाउँ अस्पताल नहुँदा स्थानीय डाक्टरसहितको उपचारको लागि २२ किलोमिटर टाढा जिल्ला अस्पताल पुग्न बाध्य भएका हुन् । 

गाउँ अस्पताल निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । ‘गत आर्थिक वर्षबाट गाउँ अस्पताल निर्माण थालिएको हो । यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ,’ उनले भने ।

प्रत्येक वडामा स्वास्थ्य केन्द्र भने रहेको उनले जानकारी दिए । उनको अनुसार प्रत्येक वडामा गरी पालिकामा ६ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य केन्द्रमा आधारभूत औषधिको भने अभाव नरहेको उनले जानकारी दिए ।