close

फक्ताङलुङमा घरमा सुत्केरी हुनेको सङख्या शून्य

फक्ताङलुङमा घरमा सुत्केरी हुनेको सङख्या शून्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिकामा घरमै सुत्केरी हुने महिलाको संख्या शून्य रहेको छ । पालिकामा जिरो होम डेलिभरि नीति लागु भएपछि घरमा सुत्केरी गराउने सङख्या शुन्य भएको हो । 

गाउँपालिकामा ६ ओटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए । उनका अनुसार ७ वटा स्वास्थ्य चौकी र १४ ओटा सामूदायिक स्वास्थ्य एकाई पालिकामा सञ्चालनमा छन् । 

गाउँपालिकामा गर्भावस्थाको जाँच स्वास्थ्य चौकीबाटै हुने उनले बताए । स्वास्थ्य चौकीमा गएर गर्भ जाँच गराएबापत टाढाबाट आउने गर्भवतीलाई ७ हजारदेखि १० हजारसम्म उपलब्ध गराएर स्वास्थ्य चाैकीमा जान प्रोत्साहन गरेको उनले जानकारी दिए । उनको अनुसार पालिकाको सबैभन्दा टाढा रहेको गोला भञ्जाङका गर्भवतीलाई स्वास्थ्य संस्थामा गर्भजाँच र सुत्केरी गराएबापत १० हजार रुपैयाँ उपलब्ध गराइन्छ । 

बर्थिङ सेन्टरमा सुत्केरी हुने सम्पूर्ण सुत्केरीलाई तीन हजार रुपैयाँ यातायात बापतको खर्च र गर्भावस्थाको ४, ६, ८, ९ औँ महिनामा भिडियो एक्सरे गरेबापत प्रत्येक पटक दुई सयको दरको ८०० रुपैयाँ प्रदान गर्ने गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।