close

‘जिरो होम डेलिभरि’मा सफलता नजिक रामारोशन

‘जिरो होम डेलिभरि’मा सफलता नजिक रामारोशन

Trulli
प्रतिकात्मक फाइल
ADVERTISEMENT

अछाम– रामारोशन गाउँपालिकामा गत आर्थिक वर्षभित्र मातृशिशु सेवाअन्तरगत बर्थिङ सेन्टरमा ९६ प्रतिशतले बच्चा जन्माएका छन् । 

गत आर्थिक वर्षमा पालिकाभर ३६५ जनाले बच्चा जन्माउँदा १४ जना घरमै सुत्केरी भएका स्वास्थ्य शाखाप्रमुख प्रभुनाथ देवकोटा उपाध्यायले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार घरमा बच्चा जन्माउनेको संख्या करिब ४ प्रतिशत हुन आउँछ । 

भौगोलिक विकटता र जनचेतनाको अभावले गर्दा घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न नसकिएको उनले बताए ।  जिरो होम डेलिभरि नीतिअनुसार चालु आर्थिक वर्षमा शतप्रतिशत पुर्‍याउने गरी कार्यक्रम ल्याएको हुँदा लक्ष्य पूरा हुने उनले दाबी गरे । 

रामारोशन गाउँपालिकामा ७ वटा बर्थिङ सेन्टर छन् ।