close

दीर्घ रोगीलाई हरेक महिना १० हजार वितरण

दीर्घ रोगीलाई हरेक महिना १० हजार वितरण

Trulli
ADVERTISEMENT

धनुषा - क्षिरेश्वरनाथ नगरपालिकाले दीर्घ रोगीलाई मासिक १० हजार रुपैयाँ वितरण गर्दै आएको छ । नगरपालिकाले दीर्घ रोगीका विरामीको स्वास्थ्य उपचार तथा पोषिलो खानेकुराका लागि सो रकम वितरण गरेको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक रामबहादुर यादवले क्यान्सर, मुटु रोग तथा विभिन्न दीर्घ रोगीको पहिचान गरी सो रकम वितरण गर्दै आएको हो । उनले सो कार्यक्रमको लागि पालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा चार लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिकाखबरलाई बताए । 

उनका अनुसार नगरपालिकाले विगत तीन वर्षदेखि सो रकम वितरण  गर्दै आएको छ । रकम वितरण गरेसँगै विपन्न परिवारलाई स्वास्थ्य उपचारमा सहयोग भएको उनको भनाइ छ ।

रकम प्राप्तिका लागि बिरामीले उपचार गरेको अस्पतालको कागजात तथा वडाको सिफारिससहित नगरपालिकामा आवेदन दिनुपर्ने उनले सुनाए । नगरपालिकाको सो कार्यक्रमबाट गत आर्थिक वर्षमा २५ जना लाभाम्वित भएका थिए ।