close

पालिका पुगेर उपचार गर्दा काठमाडौंका विषेशज्ञ डाक्टरको ‘लाइभ परामर्श’

विशेषज्ञ डाक्टरलाई पालिकाले सुविधा उपलब्ध गराएको

पालिका पुगेर उपचार गर्दा काठमाडौंका विषेशज्ञ डाक्टरको ‘लाइभ परामर्श’

विशेषज्ञ डाक्टरलाई पालिकाले सुविधा उपलब्ध गराएको

Trulli
ADVERTISEMENT

रसुवा– उत्तरगया गाउँपालिकाले टेलिमेडिसियन अनलाइन सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षमा टेलिमेडियिसन सेवा सञ्चालनको कार्यक्रमअनुसार गत साउनदेखि सो सेवा गाउँपालिकाले उपलब्ध गराएकाे हो ।

टेलिमेडिसियन सेवाबाट विशेषज्ञ डाक्टरसँग जनताले अनलाइनबाट प्रत्यक्ष कुराकानी गरेर पाइने सेवा रहेको गाउँपालिकाका सिनियर अहेव तथा रोजगार शाखा प्रमुख रबिन्द्र ठकुरीले बताए । उनको अनुसार पालिकाभित्र रहेका ६ वटा स्वास्थ्य संस्थामध्ये २ वटा स्वास्थ्य चौकीबाट स्थानीयले सिधै काठमाडौंमा रहेका रोगका प्रकृतिअनुसारको विशेषज्ञ डाक्टरसँग परामर्श लिएर उपचार सक्ने छन् । सो कार्यक्रमको लागि काठमाडौंमा रहेको मोडेल अस्पतालसँग गाउँपालिकाले सम्झौता गरिसकेको छ । 

टेलिमेडिसियन सेवाको लागि स्वास्थ्य संस्थामा गाउँपालिकाले स्मार्ट टिभि, औजार उपकरण किनेको छ । स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य कर्मीले बिरामीको चेकजाँच गरेर विशेषज्ञ डाक्टरसँग अनलाइनमार्फत कनेक्ट भएर छलफल गरेर उपचार गरिरहेको शाखा प्रमुख ठकुरीले बताए । उनले भने, ‘यस किसिकको उपचार बिरामीले निःशुल्क पाउने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरलाई भने पालिकाले सेवा सुविधा उपलब्ध गराएको छ ।’

पालिकाको भौतिक अवस्थाका कारण पालिकामा अस्पताल नै बनाउनको लागि समस्या भएपनि स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।