close

गर्भवती तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

गर्भवती तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

दोलखा– कालिञ्चोक गाउँपालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वितगदेखि नै सञ्चालन भएका कार्यक्रमलाई निरन्तरता दिएको हो । 

गाउँपालिकाले गर्भवती तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार चौधरीले बताए । 

गाउँपालिकाले अस्पाताल निर्माण गरेर सञ्चालन गरिरहेको उनले बताए । उनले भने, ‘अस्पतालबाट गाउँपालिकाले ल्याब टेस्ट, एक्सरे, भिडियो एक्सरे सेवा निःशुल्क उपलब्ध गराएको छ ।’ गाउँपालिकाले विपन्न तथा ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य बीमा गरेकाे उनले पालिकाखबरलाई बताए । 

९ वटा वडा रहेको गाउँपालिकाले १५ वटा स्वास्थ्य संस्थाबाट स्थानीयलाई सेवा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेर पालिकाबासीकाे स्वास्थ्य क्षेत्रकाे सुविधाकाे लागि काम गरिरहेकाे शाखा प्रमुख चौधरीले बताए ।