close

दक्ष जनशक्ति अभाव हुँदा परिवार नियोजनका साधन प्रयोग गर्ने न्यून

दक्ष जनशक्ति अभाव हुँदा परिवार नियोजनका साधन प्रयोग गर्ने न्यून

Trulli
ADVERTISEMENT

दैलेख- ठाटीकाँध गाउँपालिकामा दक्ष जनशक्ति अभाव हुँदा अस्थायी र स्थायी परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या मुलुकको औसत संख्याभन्दा करिब आधाले न्यून छन् । 

नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या करिब ४३ प्रतिशत रहे पनि ठाटीकाँध गाउँपालिकामा २१ प्रतिशतमात्र रहेको गाउँपालिकाका परिवार नियोजन सुपरभाइजर रविन्द्र भण्डारीले पालिकाखबरलाई बताए । 

सुपरभाइजर भण्डारीका अनुसार गाउँपालिकामा रहेका ८ स्वास्थ्य संस्थामध्ये २ वटामा मात्र इन्पाल्ट र आइयुसिडी लगाउने जनशक्ति छ भने बाँकी ६ वटाबाट कण्डम र डिपो र पिल्समात्र वितरण हुन्छ । साथै जनशक्ति अभावका कारण स्थायी परिवार नियोजनका साधन प्रयोगका लागि जिल्ला सदरमुकाम धाउनैपर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । 

पालिकामा हाल अस्थायी साधन इन्पाल्ट प्रयोग गर्ने २९५ जना र आइयुसिडी प्रयोग गर्ने ७५ जनामात्र छन् । त्यस्तै, स्थायी साधन भ्यासेक्टोमीको प्रयोगकर्ता ३४ जना छन् भने । मिनिल्याव प्रयोग गर्ने ३ जनामात्र छन् ।