close

गर्भवतीलाई सरसफाइ सामग्री

गर्भवतीलाई सरसफाइ सामग्री

Trulli
ADVERTISEMENT

सल्यान- दार्मा गाउँपालिकाले गर्भवतीको सरसफाइमा ध्यान दिन भन्दै बजेट व्यवस्था गरी सरसफाइ सामग्री वितरण थालेको छ । 

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गर्भवतीलाई प्रत्येक पटक जाँचमा एउटा साबुन वितरण गर्न थालिएको छ । उनीहरू महिनामा एक पटक स्वास्थ्य जाँचमा चौकी पुग्दा गाउँपालिकाो तर्फबाट उपहारस्वरुप साबुन पाउन थालेका स्वास्थ्य शाखा प्रमुख बस्नेतले पालिकाखबरलाई बताए । 

त्यस्तै एक पटक नङकट र ३/३ महिनामा ब्रस मञ्जनसमेत विरतण गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकामा ५५६ जना गर्भवती छन् भने उक्त कार्यक्रममा लागि ४ लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।