close

पालिकावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर

पालिकावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

नुवाकोट– किस्पाङ गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य स‍ेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले विभिन्न शिविर सञ्चलान गरेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । 

गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर वडा वडामा दिर्घरोगसम्बन्धी शिविर सञ्चालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर शाहीले बताए । महिलाहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सरको शिविर पनि सञ्चालन गरिने उनले जानकारी दिए । उनको अनुसार गाउँपालिकाले गत आवमा आँखा शिविर सञ्चालन गरेको थियो । शिविरको कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको उनले बताए । 

गाउँपालिकाले सुरक्षित मातृत्व, सुनौलो हजार दिनका आमालाई पोषण कार्यक्रम सञ्चालन गरेको छ । ‘सुत्केरीलाई नेपाल सरकारले दिने भत्ता बाहेक गाउँपालिकाले थप ३ हजार भत्ता दिन्छ,’ उनले भने । यस्तै गाउँपालिकाले स्वास्थ्य स्वंसेविकालाई विभिन्न ठाउँमा खोप लगाउन गएवापत यातायात खर्च भनेर प्रतिमहिना एक हजार उपलब्ध गराउने उनले बताए । 

किस्पाङ गाउँपालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र एउटा ल्याब सञ्चालनमा रहेका छन् । सबै स्वास्थ्य चौकी पक्की भवनबाट सञ्चालन हुनुका साथै त्यसमा बर्थिङ सेन्टर पनि रहेको उनले जानकारी दिए । ६ वटा स्वास्थ्य चौकीको लागि गाउँपालिकाको आफ्नै ३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।