close

क्षयराेग संक्रमित खाेज्न घरघरमा खकार संकलन

क्षयराेग संक्रमित खाेज्न घरघरमा खकार संकलन

Trulli
ADVERTISEMENT

डडेल्धुरा– अजयमेरु गाउँपालिकाले स्थानीयलाई क्षयरोगसम्बन्धि क्षमता अभिबृद्धि कार्यक्रम दिँदै आएकाे छ । गाउँपालिकाले क्षयरोग नियन्त्रण गर्न स्थानीयलाई क्षमता अभिबृद्धि कार्यक्रम दिँदै आएकाे हाे ।

गाउँपालिकाको शर्सत अनुदानमा क्षयरोग राेकथामका लागि वडास्तरीय याेजनाका आधारमा काम गरिरहेको क्षयरोग संयोजक तपेन्द्र खड्काले पालिका खबरलाई जानकारी दिए । क्षयरोग मुक्त अभियानका लागि प्रत्येक वडाका वडाध्यक्ष, विद्यालयबाट अनिवार्य एक जना शिक्षक, व्यापारी, सामाजिक अगुवा लगायतका स्थानीयलाई भेला गरेर ओरेन्टेसन दिने गरेको संयोजक खड्काले बताए ।

कार्यक्रम सञ्चालन गरेसँगै गाउँपालिकामा क्षयराेगीकाे बिरामीकाे संख्यामा कमी आएकाे उनकाे भनाइ छ । उनका अनुसार गाउँपालिकामा चालू आर्थिक वर्षको ३ महिनामा ६ जना क्षयरोगका बिरामी रहेका छन् तर गत आवमा ९ जना बिरामी भेटिएका थिए । आफूलाई शंङ्का लागेका व्यक्ति लागेमा उनकै घरमा गएर खकार संकलन गरी शिविरको ल्याव र पालिकाको ल्यावमा लगेर चेकजाँच गर्ने गरेको संयोजक खड्काले बताए ।

'प्रत्येक पालिकामा क्षयरोग नियन्त्रणका लागि क्याम्प गरेर खकार संकलन गर्ने गरेको उनले बताए । चेकजाँचका क्रममा क्षयरोगका बिरामी भेटेमा त्यहीअनुसारको औषधि उपचार गर्ने गरेका छौँ,' उनले भने । 

क्षयराेगकाे परिक्षणका लागि गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेकाे उनले बताए  । क्षयरोगका बिरामीले नियमित चेकजाँच गर्ने गरेको र नियमित औषधी सेवन गर्ने गरेको पाइएको छ । 

गाउँपालिकाले क्षयराेगसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएपनि अझै पनि केही स्थानीयलाई राेगबारे जानकारी नभएकाे उनले सुनाए । 'क्षयरोगलाई कुनै/कुनै ठाउँका मानिसले सहजै स्वीकार्न सकेका छैनन् । बिरामीले पनि सकभर कसैलाई थाहा नहोस् जस्तो गर्ने गरेको, अरु कसैले मेरो बिरामी थाहा पाए अपहेलना पो गर्छन कि जस्तो व्यवहार गर्ने गरेको देखिन्छ,' उनले भने । 

स्वास्थ्यकर्मी र संयोजक खड्का नै बिरामीको घरघरमा गएर खकार संकलन गरेर जिल्ला अस्पतालमा लैजाने र अस्पतालको पोजेटिभ रिपोर्ट अनुसार आवश्यक औषधी उपचार गर्ने गरेको संयोजक खड्काको बताए ।

सुदूरपश्चिमकाको अजगमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका, टिकापुर नगरपालिका, जयपृथ्वी नगरपालिका, कृष्णपुर नगरपालिकामा क्षयरोग कम गर्न कार्यक्रम सञ्चालन गरिदै आएकाे छ ।