close

नगरपालिकाले गरिदिने नि:शुल्क शल्यक्रिया : बिरामी अस्पताल जानै मान्दैनन्

नगरपालिकाले गरिदिने नि:शुल्क शल्यक्रिया : बिरामी अस्पताल जानै मान्दैनन्

Trulli
ADVERTISEMENT

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खसेका महिलाको शल्यक्रिया गरिदिनका लागि प्रत्येक वडामा 'स्क्रीनिङ'को गरी १६ जनालाई अस्पताल पठाइसकेको छ । 

नगरपालिकाले पाठेघरको समस्या भएका ६२ महिलाको पहिचान गरी उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपासँग सहकार्य गरेको छ । शनिबारमात्र पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको नगरप्रमुख तिर्थराज भट्टराईले पालिकाखबरलाई बताए ।

२३ जनालाई उपचारका लागि नगरपालिकाले लैजाने तयारी गरेको थियो तर अन्तिममा ७ जनाले उपचारका लागि अस्पताल जान अस्वीकार गरेका नगरपालिकाले जनाएको छ । नगरप्रमुख भट्टराईका अनुसार ६२ जनामा समस्या देखिए पनि ५३ जनामात्र अस्पताल जान तयार भएका छन् । 

शल्यक्रिया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरूका एक/एक जना कुरुवालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको नगरपालिकाले जनाएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको नगरप्रमुख भट्टराईले बताए ।

पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । आङ खसेका कारण कष्टकर जीवन बिताइरहेका महिलाको पहिचान गर्दै नि:शुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले ३ महिनायता वडा-वडामा स्क्रिनिङ गरिरहेको छ ।