close

हरेक गर्भवतीको घरमा निलो झण्डा

हरेक गर्भवतीको घरमा निलो झण्डा

Trulli
ADVERTISEMENT

हुम्ला– सिमकोट गाउँपालिकाले ‘गर्भवती पहिचान घर कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकाका सम्पूर्ण वडामा रहेका गर्भवती महिलाको पहिचान र सुत्केरी नहुञ्जेलसम्म गर्भजाँच तथा अन्य सेवा उपलब्ध गराउन सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

कार्यक्रम अन्तर्गत गर्भवती महिलाको घरको पहिचानका लागि उनीहरूको घरमा गाउँपालिकाले निलो झण्डा राखेको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताए । गाउँपालिकाले ८ वटै वडाका स्वास्थ्य संस्थामार्फत दसैँ र तिहारका बीचमा गर्भवती महिलाको घरमा निलो झण्डा वितरण गरेको उनले जानकारी दिए । 

‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुने र सो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान उनले बताए । पालिकाभित्र हाल  ११० जना गर्भवती छन् । उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।