close

स्थानीय स्तरमा स्तन क्यान्सरसम्बन्धी अभिमुखीकरण

स्थानीय स्तरमा स्तन क्यान्सरसम्बन्धी अभिमुखीकरण

Trulli
ADVERTISEMENT

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले स्तन तथा पाठेघरका मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

नगरपालिका- ९ वडा कार्यालय र आम्दा नेपालको सहकार्यमा शुक्रबार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी अभिमुखिकरणमा स्थानीय महिलाहरूलाई आउन आग्रह गरेको छ । अभिमुखीकरण कार्यक्रम वडा नम्बर ९ को नयाँ भवनमा शुक्रबार हुने नगरपालिकाले जनाएको छ ।