close

सिमकोटको १४ घरमा किन गाडियो रातो झण्डा ?

सिमकोटको १४ घरमा किन गाडियो रातो झण्डा ?

Trulli
ADVERTISEMENT

हुम्ला - सिमकोट गाउँपालिकाले १४ कुपोषित बालबालिकाको घरमा रातो झण्डा गाडेको छ । गाउँपालिकाले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा कुपोषण पहिचान गरी उनीहरूको शिघ्र उपचारका लागि यस्तो गरेको हो । 

गाउँपालिकाभित्र बस्तीस्तरीय अनुगमनको क्रममा दुई जना बालबालिकामा कुपोषण देखिएपछि यस्तो गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका स्वास्थ्य शाखाकी सहसंयोजक बसन्ती रावतका अनुसार  कडा शीघ्र कुपोषण देखिएमा सो घरमा रातो रङ्गको झण्डा गाड्ने कार्य गरिएको हो । पालिकामा कुपोषण पहिचान कार्यक्रम लागु भएपछि  १४ बालबालिकामा शीघ्र कुपोषण देखिएको उनले जानकारी दिइन् ।