close

आमाको पीडामा नगरप्रमुख बिमला : आङ खसेका २० महिलाको नि:शुल्क शल्यक्रिया

आमाको पीडामा नगरप्रमुख बिमला : आङ खसेका २० महिलाको नि:शुल्क शल्यक्रिया

Trulli
ADVERTISEMENT

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले ११ वडा(सबै)मा स्वास्थ्यकर्मी परिचालन गरी पाठेघर खसेका महिलाको 'स्क्रीनिङ' गरेको छ । नगरपालिकाका अनुसार नि:शुल्क शल्यक्रियाका लागि उनीहरूको स्क्रिनिङ गर्दा २४ जनाको पहिचान भएको थियो । 

शिर मेमोरियल अस्पताल बनेपासँगको सहकार्यमा शनिबारमात्र २० जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको नगरप्रमुख बिमला राईले पालिकाखबरलाई बताइन् । 

२४ जनालाई उपचारका लागि नगरपालिकाले अस्पताल लैजाने तयारी गरेको थियो तर अन्तिममा ४ जनाले उपचारका लागि अस्पताल जान अस्वीकार गरेका नगरपालिकाले जनाएको छ । 

निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थासहित बिरामी र उनीहरूका एक/एक जना कुरुवालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको नगरपालिकाले जनाएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको नगरप्रमुख राईले बताइन् ।

पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । नगरप्रमुख राईकाअनुसार गत वर्ष पनि २० जनाको नि:शुल्क शल्यक्रिया गरिएको थियो ।