close

बेलौरीमा शून्य हाेम डेलिभरी

बेलौरीमा शून्य हाेम डेलिभरी

Trulli
ADVERTISEMENT

कन्चनपुर– बेलौरी नगरपालिकामा पछिल्लाे समय शून्य हाेम डेलिभरी भएकाे छ । नगरपालिकामा   सुरक्षित प्रसूति सेवा भएकोले  शून्य  हाेमडेलिभरी भएकाे हाे । 

नगरपालिकाका अनुसार पालिकाभित्रका सबै सुत्केरी महिलाले बर्थिङ सेन्टरमा नै सन्तान जन्माउँदै आएका छन् । स्वास्थ्य संयोजक जयसिंह बोहराका अनुसार नगरपालिकामा हालसम्म ३ वटा बर्थिङ सेन्टर सञ्चालन आएका छन् ।

'सेन्टरबाट नै सेवा दिदै आएको छौँ । सुरक्षित प्रसूति सेवा भएकोले बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनुहुन्छ,' उनले पालिकाखबरसँग भने । गुणस्तरीय सेवाका लागि पालिकाभित्र चार वटा एम्बुलेन्स सञ्चालनमा रहेकाे र नि:शुल्क सेवा सञ्चालन हुँदै आएकाे उनले बताए । 

पालिकामा सुत्केरी हुन आउने बढेकाे उनले दाबी गरे । साथै घरमा सुत्केरी महिलाको संख्या नभेटिएको संयोजक बोहराको भनाइ छ । गत आर्थिक वर्षमा पालिकामा ५३५ जना महिलाले बच्चा जन्माएका थिए ।