close

बजेट फुकुवा हुन नसक्दा हजार दिने आमाले पाएनन् अण्डा र दाल

बजेट फुकुवा हुन नसक्दा हजार दिने आमाले पाएनन् अण्डा र दाल

Trulli
ADVERTISEMENT

पर्सा - ठोरी गाउँपालिकाले चालु आवमा हजार दिने आमाको कार्यक्रम सञ्चालन हुन सकेको छैन । गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट फुकुवा नभएकाले सो कार्यक्रम सञ्चालन हुन नसकेको हो । 

गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक रमेशराज थिङका अनुसार गाउँपालिकाको बजेट असार मसान्तमा सिलिङ  हुन नसकेकोले कोष तथा लेखा निरिक्षण कार्यालयबाट फुकुवा हुन नसकेको हो । बजेट फुकुवाको लागि आफूहरु प्रयासरत रहेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा बजेट फुकुवा नभएपनि सर्सत र आन्तरिक बजेटको कार्यक्रम सञ्चालन भइरहेको उनले सुनाए । तर बहुक्षेत्रीय कार्यक्रम सञ्चालन हुन नसकेको उनले बताए  । 

गाउँपालिकाले गत आर्थिक वर्षमा हजार दिने आमाको लागि अण्डा तथा दाल वितरण गर्दै आएको उनले सुनाए । आफूहरुले पो्सिलो खानेकुराका लागि स्थानीय बासिन्दालाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भने पनि बजेटको विनियोजन हुन नसकेको उनले भनाइ छ ।