close

वडा, विद्यालय र अस्पतालको १०० मिटर क्षेत्रभित्र सुर्ती बेचबिखन निषेध

वडा, विद्यालय र अस्पतालको १०० मिटर क्षेत्रभित्र सुर्ती बेचबिखन निषेध

Trulli
ADVERTISEMENT

सल्यान- शारदा नगरपालिका-८ ले वडामा रहेका विद्यालय क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । लागूऔषध विरुद्धको ‘लाल्टिन’ अभियान सुरु भएसंगै यस वडाले विद्यालय क्षेत्रभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।

मदिरा र सुर्तीजन्य पदार्थको लतमा विद्यालय उमेर समुहका बालबालिका फस्ने जोखिम बढी हुनेभएकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाको १०० मिटर दुरीभित्र नबेच्न र भएको नष्ट गर्न ३० दिनको समय दिइएको वडाध्यक्ष लक्ष्मण बुढाथोकीले जानकारी दिए । 

३० दिनभित्रमा मदिरा र सुर्तीजन्य पदार्थ नष्ट नगरी अटेर गरेमा कानुनी कारबाही गरिने वडा कार्यालयले जनाएको छ ।