close

बेलकोटगढीको एम्बुलेन्सले अपाङ्गता र सुत्केरीलाई नि:शुल्क सेवा दिने

बेलकोटगढीको एम्बुलेन्सले अपाङ्गता र सुत्केरीलाई नि:शुल्क सेवा दिने

Trulli
ADVERTISEMENT

नुवाकोट- बेलकोटगढी नगरपालिकाले तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

नगरप्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपांगता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए । 

नगरपालिकाले भन्सार महसुल, प्रज्ञापनपत्र शुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैयाँमा तीनवटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।